Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा भुँइकटहरको पराकम्पन

भरतपुरमा भुँइकटहरको पराकम्पन

  • मंगलवार, जेठ ३ २०७९

  • 2.4K
    SHARES

  • भरतपुरमा भुँइकटहरको पराकम्पन

     

    काठमाडौं । अहिले भरतपुर महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला भनेर मुलकभर सर्वत्र चासोको विषय बनेको छ ।

    त्यसमा पनि काँग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलको चुनावी चिन्ह भुँइकटहरले कसलाइ कति क्षति गर्ला भनेर मानिसहरु विभिन्न आंकलन गरिरहेका छन् । तर, चुनाव मतगणनाको दिनदेखि आजको दिनसम्म आइपुग्दा पनि भुँइकटहरको पराकम्पन कस्तो रहला भनेर यकिन भन्न सकिने अवस्था छैन ।

    अहिलेसम्म जम्मा १८ हजार ६ सय ८६ मत गनिसक्दा नेकपा माओवादी केन्द्र मेयर पदकी उम्मेदवार रेनु दाहलले ६ हजार २ सय ४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६ हजार १ सय ४० मत पाएका छन् ।

    यस्तै, स्वतन्त्र उम्मेदवार अर्थात् भुँइकटहर चुनाव चिन्हका जगन्नाथ पौडेलले ३ हजार ३८ मत पाएका छन् ।

    भुँइकटहरकै कारणले रेनु झिनो मतले मात्रै अगाडि छन् । कहिले दाहाल र कहिले सुवेदी मतगणनामा पहिलो हुने क्रम निरन्तर नै चलिरहेको छ ।

    विश्लेषकहरुका भनाइ अनुसार हालसम्म भुँइकटहरमा परेको मत अत्याधिक नै भएको बताउँछन् र यसको पराकम्पन विषेश गरि नेकपा माओवादी केन्द्र मेयर पदकी उम्मेदवार रेनु दाहललाइ परेको विश्लेषकहरुको भनाइ छ ।


    मंगलवार, जेठ ३ २०७९०२:२८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij