Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेले कर्णालीका ९ पालिका गुमायो

एमालेले कर्णालीका ९ पालिका गुमायो

  • मंगलवार, जेठ ३ २०७९

  • 1.0K
    SHARES

  • एमालेले कर्णालीका ९ पालिका गुमायो

    काठमाडौं – कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ ।

    सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।

    नेकपा एमालेले पालिकाहरु जित्नेभन्दा बढी गुमाउँदै गएको छ । अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनीचाँदे गाउँपालिका जाजरकोट र डोल्पाको शे–फोक्शुण्डो गाउँपालिकामा जितेको छ ।

    कर्णालीमा एमालेले गुमाएका पालिकाहरु

    — ठाटीकाँध गाउँपालिका दैलख : यहाँ काँग्रेसका रक्षबहादुर शाहीले जितेका छन्
    —चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख : काँग्रेसका गणेशबहादुर शाहीले जितेका छन् ।
    — भैरवी गाउँपालिका, दैलेख : काँग्रेसकी रिता कुमारी शाहीले जितेकी छन् ।
    —भगवतीमाई गाउँपालिका, दैलेख : माओवादीका गणेश थापाले जितेका छन् ।
    — बनगाड कुपिण्डे नगरपालिका, सल्यान : माओवादीका कर्णबहादुर बुढाथोकीले जितेका छन् ।
    — ठुलोभेरी नगरपालिका, डोल्पा : यहाँ नेपाली काँग्रेसका स्वर्ण बुढाले जितेका छन् ।
    — खाँडाचक्र नगरपालिका, कालिकोट : यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन्
    — कपुरकोट गाउँपालिका, सल्यान : यहाँ एकीकृत समाजवादीले जितेको छ
    — शिवालय गाउँपालिका जाजरकोट : यहाँ नेपाली काँग्रेसका शेरबहादुर शाहीले जितेका छन् ।

     


    मंगलवार, जेठ ३ २०७९०४:११:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij