Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभरी अग्रता बनाएको कांग्रेसको धार्चेमा लज्जास्पद हार

देशभरी अग्रता बनाएको कांग्रेसको धार्चेमा लज्जास्पद हार

  • मंगलवार, जेठ ३ २०७९

  • 1.0K
    SHARES

  • देशभरी अग्रता बनाएको कांग्रेसको धार्चेमा लज्जास्पद हार

    काठमाडौं – गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित तीन वटा वडा जितेको कांग्रेस यसपटक भने सबै पदमा पराजित बन्यो ।

    यसअघिको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका नेपाली कांग्रेसका सन्तबहादुर गुरुङ यो पटक भने भारी मत अन्तरले पछि परे । उनलाई एक हजार ८२५ मत अन्तरले पछाडि पार्दै माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण गुरुङ बिजयी बने ।

    त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार फुलमाया गुरुङ पनि यसपटक पराजित भइन् । माओवादी केन्द्रकी उम्मेदवार सुनिला गुरुङले उनलाई एक हजार ८०३ को फराकिलो मत अन्तरले पराजित गरेकी हुन् ।

    यसअघिको स्थानीय तह निर्वाचनमा उक्त पालिकाको सातमध्ये तीन वटा वडा कांग्रेसले जितेको थियो । तर उक्त वडाहरुमा पनि यसपटक कांग्रेस पराजित बनेको छ ।


    मंगलवार, जेठ ३ २०७९०५:३९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij