Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचन : ४७५ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम

स्थानीय तह निर्वाचन : ४७५ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम

  • बुधवार, जेठ ४ २०७९

  • 1.1K
    SHARES

  • स्थानीय तह निर्वाचन : ४७५ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम

    काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । अहिलेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १३ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ७५ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १३ स्थानीय तहमा जित हासिल गरेको हो । कांग्रेसले १ सय ३ स्थानीय तहमा अग्रता कायमै गरिरहेको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको एमाले भने दोस्रो स्थानमा झर्ने देखिएको छ । एमालेले यो समाचार तयार पार्दासम्म १ सय ३५ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ६३ स्थानीय तहमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ९५ स्थानीय तहमा जित हासिल गरेको छ भने २४ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

    एकीकृत समाजवादीले ८ स्थानीय तहमा जित निकालेको छ । उसका उम्मेदवारले १२ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ८ स्थानीय तहमा जित निकाल्दा २५ स्थानीय तहमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १६ स्थानीय तहमा जित हासिल गरेका छन् भने १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

    स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष जित्नेमा पनि कांग्रेस नै अग्रस्थानमा छ । उसले यो समाचार तयार पार्दासम्म २ सय ६ स्थानीय तहमा जित हासिल गरेको छ । उसले ८७ उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ । उपप्रमुख/उपाध्यक्षमा एमालेका १ सय ४० उम्मेदवार विजयी भएका छन् भने ९७ ले अग्रता कायम राखेका छन् । माओवादी केन्द्रबाट १०० उपप्रमुख/उपाध्यक्ष उम्मेदवार जितेका छन् भने २५ ले अग्रता लिइरहेका छन् ।

    एकीकृत समाजवादीबाट १५ उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् भने ५ उम्मेदवारले अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीका ८ र स्वतन्त्र तथा साना दलका ६ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् । जसपाका १९, लोसपाका ११ र स्वतन्त्र तथा साना दलका ९ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले अग्रता कायम गरेका छन् ।


    बुधवार, जेठ ४ २०७९०४:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij