काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। बुधबार साँझ साढे ५:३० बजेसम्म २६ हजार ४१९ मत गणना हुँदा हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन्।
निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ५ हजार ८९२ मत प्राप्त गरेका छन्। हमाल ओडभन्दा ६ हजार ४१२ मतले अगाडि छन्। यो झण्डै तेब्बर मतान्तर हो। एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत प्राप्त गरेका छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले ५ हजार ३०९ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्।
एमालेकी कन्दकला रानाले ४ हजार ७०० मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।