Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजनीतिमा युवा पुस्ताको उदय, परिवारवादको अन्त्य !

राजनीतिमा युवा पुस्ताको उदय, परिवारवादको अन्त्य !

  • बुधवार, जेठ ४ २०७९

  • 511
    SHARES

  • राजनीतिमा युवा पुस्ताको उदय, परिवारवादको अन्त्य !

    काठमाडौं – स्थानीय तह निर्वाचनको देशभरीको मतपरिणाम आउने क्रमजारी छ । मतपरिणामलाई हेर्दा राजनीतिमा युवाको आकर्षण पनि बढ्दै गएको पाइएको छ । स्वतन्त्र उम्मेदवार र युवा पुस्ताको राजनीतिमा प्रवेशले मुलुकको विकासमा थप मदत मिल्ने आंकलन हुन थालेको छ ।

    देशभरीको अवस्थालाई हेर्दा राजनीतिक दलका उम्मेदवारको हाबी देखिएपनि त्यसभित्र केही मात्रामा यूवा पनि समेटिएका छन् । अहिले देखिएको नतिजाले राजनीतिमा सुधार र कायापलट नै भएको त होइन तर, जनताको मतलाई हेर्दा दल र तीनका उम्मेदवारप्रतिको रुझान कम देखिन्छ । राजनीतिक शक्तिको साङ्लोमा बाँधिएको मुलुकमा नयाँ पुस्ता र फरक मनोवृत्ति भएको व्यक्ति आउन थप कसरत आवश्यक छ ।

    जनताले परिवर्तन र पुनर्ताजकी खोजेको आभाष हुन थालेको राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ ।

    राजनीतिमा परिवर्तनको अहिलेको प्रयास सामान्य रहेको उहाँको भनाइ छ । खनालका अनुसार राज्यलाई सञ्चालन गर्ने भूमिकामा उहीँ पुराना अनुहार रहेको र राजनीतिमा सामान्य ध्रुविकरण भएपनि राष्ट्रिय राजनीतिमा यसले असर गरेको छैन ।

    राजनीतिक विश्लेषक टीकाराम भट्टराईका अनुसार झिनो मात्रामा राजनीतिप्रतिको द्वेष प्रकट हुन खोजेपनि यो पर्याप्त भने होइन । विभिन्न पार्टीको संगठनमा लागेका उहीँ अनुहार व्यक्ति र प्रवृत्ति अहिले पनि दोहोरिएको छ । राजनीतिक दलहरुले जनताको भावना अनुसारका एजेण्डा प्रस्तुत गर्न नसक्दा केही परिवर्तन खोजिएको उहाँको भनाइ छ ।

    पछिल्लो परिणामले राजनीतिमा परिवार र नातावादलाई ठूलो झापड दिएको देखिएपनि दलको संघर्षले केही स्थानमा उहीँ अनुहारले प्रसय पाइरहेका छन् । राजनीतिमा शुद्धिकरणको अभियान नथालिए आगामी निर्वाचनमा ठूला दलहरुले क्षति व्यहोर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।


    बुधवार, जेठ ४ २०७९०८:२७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij