काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ४ हजार २०० मतको अग्रता बनाएका छन् ।
कोइरालाले १६ हजार ४५५ मत प्राप्त गर्दा एमालेका सागरकुमार थापाले १२ हजार २५५ मतसहित पछ्याइरहेका छन् ।
उपमेयरमा भने एमालेकी शिल्पा कार्की अगाडि छिन् । उनले १४ हजार ११३ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट जसपा उम्मेदवार अमरेन्द्र यादवले ८ हजार ४३२ मत पाएका छन् । उनी जसपा अध्यक्ष उपेन्द्र यादवको छोरा हुन् ।