Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्ट मुक्त बनाउछुँ भन्ने बलायरको वडामा एमालेको शानदार जित

कम्युनिष्ट मुक्त बनाउछुँ भन्ने बलायरको वडामा एमालेको शानदार जित

  • बिहिवार, जेठ ५ २०७९

  • 1.6K
    SHARES

  • कम्युनिष्ट मुक्त बनाउछुँ भन्ने बलायरको वडामा एमालेको शानदार जित

    काठमाडौं । देश नै कम्युनिष्ट मुक्त बनाउँछु भन्दै हिड्ने नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको वडामा नेकपा एमालेले शानदार जित हात पारेको छ ।

    बलायरको वडा शिखर नगरपालिका–७ बैरकोटमा नेकपा एमालेका टेकराज भट्टले जित हात पारेका छन् । यसभन्दा अगाडि पनि त्यहाँ कम्युनिष्ट घटक दल नेकपा माओवादी केन्द्रका नरबहादुरले जित हात पारेका थिए ।

    विगत केहि वर्षदेखि बलायरले आफुलाई कट्टर कम्युनिष्ट विरोधीको रुपमा प्रस्तुत गर्न खोजिरहेका थिए ।

    उनी नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा निर्वाचित हुनुपूर्व र निर्वाचित भइसकेपछि पनि पुरै प्रदेशलाई कम्युनिष्ट मुक्त बनाउने भन्दै गीत गाउदै हिडेका थिए ।

    तर, पार्टीका केन्द्रीय सभापति एंवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टसँग सहकार्य गर्नुपर्छ भन्ने धारणा राखेपछि बलायर कम्युनिष्टसँग जसरी पनि सहकार्य अर्थात् गठबन्धन गर्नुपर्छ भनेर पार्टी सभापति देउवाको हुकुमलाई आत्मसात गर्न थालेका थिए ।

    उनी कम्युनिष्टसँग गठबन्धन गर्नुपर्छ भन्ने व्यक्तिहरुको सूचिमा अग्रस्थानमा रहे ।

     


    बिहिवार, जेठ ५ २०७९१०:०५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij