काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी–१ मा नेपाली काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ ।
गोदावरी–१ मा काँग्रेसका गोपालदत्त भट्ट प्यानलसहित विजयी भएका छन् । उनको कुल मत १ हजार ४ सय ७८ आएको छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शर्मानन्द भट्टले १ हजार ३ सय ९१ मत ल्याएर पराजित भएका छन् ।
पुर्वमन्त्री लेखराज भट्ट विगतमा नेकपा माओवादी केन्द्रका नेता थिए । हाल उनी नेकपा एमालेमा आवद्ध छन् ।