Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पोखरा अपटेडः धनराज २५ सय मतले अगाडि, यस्तो छ उपमेयरको मतपरिणाम

पोखरा अपटेडः धनराज २५ सय मतले अगाडि, यस्तो छ उपमेयरको मतपरिणाम

  • बिहिवार, जेठ ५ २०७९

  • 523
    SHARES

  • पोखरा अपटेडः धनराज २५ सय मतले अगाडि, यस्तो छ उपमेयरको मतपरिणाम

    काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेको छ । पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाएका छन् ।

    उनले हालसम्म २१ हजार ८८० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाएका छन् । मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाएका छन् । अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याएका छन् ।

    महानगरको उपप्रमुखमा भने एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ । रानाभाटलाई एमाले उम्मेदवार गुरुङले केवल ९ मतले मात्रै पछाडि पारेकी छन् । ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो ।


    बिहिवार, जेठ ५ २०७९०३:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij