Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विजयी घोषणापछि भेटिएको मतपेटिकामा पनि बराबरी मत

विजयी घोषणापछि भेटिएको मतपेटिकामा पनि बराबरी मत

  • बिहिवार, जेठ ५ २०७९

  • 641
    SHARES

  • विजयी घोषणापछि भेटिएको मतपेटिकामा पनि बराबरी मत

    काठमाडौं । महोत्तरीमा विजयी घोषणा भएको ५ दिनपछि भेटिएको मतपेटिकाको मत गणना गर्दा दुई प्रतिस्पर्धीबीच बराबर मत आएको छ।

    बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भएको पाँच दिनपछि गन्न बाँकी मतपेटिका भेटिएको थियो।

    उक्त मतपेटिकाको मतगणना गर्दा वडाध्यक्षका दुई प्रतिस्पर्धीको मत बराबरी आएको छ।

    बिहीबार मतगणना स्थलमा मतपेटिकाहरू संकलन गर्ने क्रममा एउटा गन्न बाँकी रहेको मतपेटिका भेटिएको थियो।

    पछि हेर्दा उक्त मतपेटिका वडा नम्बर ८ को रहेको पाइएको थियो। त्यसपछि सर्वदलीय बैठक बसेर उक्त मतपेटिकाको मत गन्ने सहमति भएको हो।

    अहिले दुई जना प्रतिस्पर्धीको मत बराबरी भएपछि गोलाप्रथा गर्ने तयारी भएको छ।

    साथै एकपटक नयाँ मतपेटिकाको पुनः गणना गर्ने भन्ने बारे पनि कुराकानी भइरहेको एक वडाध्यक्षमा उम्मेदवार सम्शेरसिंह लामाले जानकारी दिए।

    सम्शेरसिंह पाँच दिन अगाडि मतपरिणाम घोषणा गर्दा विजयी भएका थिए। उनी एमालेका रुद्र मगरलाई ७ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका थिए। लामाले ७५१ मत पाउँदा मगरले ७४४ मत पाएका थिए।

    तर नयाँ मतपेटिकामा रहेको ६४ मत गन्दा माओवादीका लामालाई एमालेका मगरले उछिने। मगरले २३ मत पाउँदा लामाले जम्मा १६ मत पाए। योसँगै अन्तिम परिणाममा लामा र मगरको समान ७४४ मत रहेको छ।

    मतपरिणाम बराबारी भएसँगै अहिले गोलाप्रथा गर्ने तयारी भइरहेको लामाले जनाए।


    बिहिवार, जेठ ५ २०७९०६:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij