काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद भरत बहादुर खड्काको निर्वाचन क्षेत्र डोटी १ मा कांग्रेसले क्लिन स्वीप गर्दै इतिहास रच्न सफल भएको छ ।
डोटी १ मा कांग्रेसले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका ,सायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा एकतर्फी जित हासिल गरेको छ । शिखर नगरपालिका भने डोटी क्षेत्र न १ र २ दुवै अन्र्तगत पर्दछ ।
सांसद खड्का यो जित डोटीका आम जनता र त्यहाँका कांग्रस कार्यकर्ताहरुको अथक प्रयास र मेहनतले मात्र सम्भव भएको बताउछन् । यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा डोटीका धेरै गाउँपालिका र नगरपालिकामा एमालेले जित हात पारेको थियो भने कांग्रेसले धेरै स्थानमा लज्जास्पद हार व्यवहोर्नु परेको थियो । विगतमा डोटीलाई कांग्रेसको गढ भनेर पनि चिनिने गथ्र्यो ।
हालै सम्पन्न भएको स्थानीय निर्वाचनको देशैभरिको मत परिणाम आउने क्रम जारी छ र हालसम्म प्राप्त भएको नतिजा अनुसार नेपाली कांग्रस र नेकपा एमाले नै अझैपनि मूख्य शक्ति हुन भन्ने पुष्टि भएको छ ।