Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एआईजीमा बढुवा भए बसन्त लामा र नारायणदत्त पौडेल

एआईजीमा बढुवा भए बसन्त लामा र नारायणदत्त पौडेल

  • शुक्रवार, जेठ ६ २०७९

  • 692
    SHARES

  • एआईजीमा बढुवा भए बसन्त लामा र नारायणदत्त पौडेल

    काठमाडौं – नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

    वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् ।

    वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भएपनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो ।

    सशस्त्रमा वैशाख १९ बाट अर्को एउटा एआईजीको पद रिक्त छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुन्छन् ।


    शुक्रवार, जेठ ६ २०७९०१:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij