काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । हालसम्म ६ सय ४६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
जसमध्ये नेपाली काँग्रेसले २ सय ९० तह जित हासिल गरेको छ भने ३६ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ७९ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय ११ स्थानमा जित हाँसिल गरेको छ भने १२ स्थानमा अगाडी रहेको छ ।
अन्य तर्फ २५ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ८ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले २० स्थानमा जित निकालेको छ भने १४ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १४ स्थानमा जितेको छ भने ५ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ७ स्थानमा विजयी हुँदा ७ स्थानमा अगाडी छ ।