Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोहन्याल गाउँपालिका अध्यक्षको शपथ रोक्न आयोगको ठाडो निर्देशन

मोहन्याल गाउँपालिका अध्यक्षको शपथ रोक्न आयोगको ठाडो निर्देशन

  • शुक्रवार, जेठ ६ २०७९

  • 558
    SHARES

  • मोहन्याल गाउँपालिका अध्यक्षको शपथ रोक्न आयोगको ठाडो निर्देशन

    काठमाडौं - कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

    मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका देवीदत्त उपाध्याय निर्वाचित भएका थिए। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार अर्को निर्णय नभएसम्मका लागि उनको शपथ रोकिएको हो।

    नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो।

    यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ। भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेको जनाइएको छ।


    शुक्रवार, जेठ ६ २०७९०५:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij