Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

  • शनिवार, जेठ ७ २०७९

  • 678
    SHARES

  • विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । एमालेले उपमेयरसहित धेरै वडामा विजय हासिल गरेको छ।

    मेयरमा कोइरालाले ३० हजार १७० मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाएका छन्। जसपा छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८ हजार ७९५ मत पाएका छन् ।

    विराटनगरको मेयरमा कांग्रेसले लगातार दोस्रो पटक जित हासिल गरेको थियो । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी भएका थिए। उनले २३ हजार ३१ मत ल्याउँदा एमालेका विनोद ढकालले १७ हजार ३२४ मत पाएका थिए ।

    उपमेयरमा भने एमाले सत्ता गठबन्धनलाई पराजित गर्न सफल भएको छ। एमालेकी शिल्पा निराला कार्कीले २५ हजार ६८० मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

    उपमेयरमा तेस्रो स्थान प्राप्त गरेकी राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत पाइन्।

    १९ वडा भएको विराटनगरमा सबैभन्दा धेरै ९ वटामा एमाले विजयी भएको छ। कांग्रेसले ६ वटा वडा जित्दा जसपाले दुई वटा र राप्रपाले एउटामा जित हासिल गरेका छन्। एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। २०७४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर सहित ८ वडा कांग्रेसले जितेको थियो।


    शनिवार, जेठ ७ २०७९०५:२०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij