Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढीमा हमाल १० हजार मतको अग्रता कायम

धनगढीमा हमाल १० हजार मतको अग्रता कायम

  • शनिवार, जेठ ७ २०७९

  • 771
    SHARES

  • धनगढीमा हमाल १० हजार मतको अग्रता कायम

    कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मत अन्तरले अग्रता कायमै राखेका छन् । हमालले २२ हजार ५४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन् ।

    निवर्तमान मेयरसमेत रहेका वड र स्वतन्त्र उम्मेदवार हमालबीच १० हजार ९९७ मतको अन्तर छ । अब करिब १२ हजार मत मात्र गणना गर्न बाँकी छ ।

    उपमेयरमा भने मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारी पछि परेकी छन् । उपमेयरमा अधिकारीलाई पछि पार्दै नेकपा एमालेकी कन्दकला रानाले अग्रता लिएकी छन् । रानाले १७८ मतका साथ अग्रता लिएकी छन् ।

    कुल ५१ हजार ६५ मत गणना गर्ने बेला रानाले १० हजार ८८० मत प्राप्त गरेकी छन् भने अधिकारीले १० हजार ७०२ मतका साथ रानालाई पछ्याइरहेकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत पाएका छन् । 


    शनिवार, जेठ ७ २०७९०७:५७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij