Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेको जनमत घटेको छैन : सचिव पद्‍मा अर्याल

एमालेको जनमत घटेको छैन : सचिव पद्‍मा अर्याल

  • शनिवार, जेठ ७ २०७९

  • 1.1K
    SHARES

  • एमालेको जनमत घटेको छैन : सचिव पद्‍मा अर्याल

    काठमाडौं – नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन्।

    तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ ।

    ‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍यो। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्ना हाम्रो सिट सङ्ख्या केही कम भयो’, सचिव अर्यालले भनिन्।

    पाँच दलले एमालेलाई हराएर कमजोर पार्ने रणनीति लिएको र उक्त रणनीति भने सफल नभएको पनि बताएकी छन्।

    ‘निर्वाचन परिणाम सोचेभन्दा फरक भइरहेको छ । पार्टीले समीक्षा छ गर्छ नै’, अर्यालले भनिन्, ‘तर, के हो भने पाँच दलको योजना त एमालेलाई हराउने र कमजोर बनाउने भन्‍ने थियो । त्यो सफल भएन ।’

    सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताविरोधी नभएको पनि दाबी गरिन् । एजेन्डा मिल्ने र राष्ट्रिय एकताको पक्षधरसँगै एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला रहेको अर्यालले उल्लेख गरेकी छन् ।


    शनिवार, जेठ ७ २०७९११:३३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij