Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

टीकाराम भट्टराई भन्छन्, बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाब ‘हुल अफ ल’ हो !

टीकाराम भट्टराई भन्छन्, बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाब ‘हुल अफ ल’ हो !

  • शनिवार, जेठ ७ २०७९

  • 1.0K
    SHARES

  • टीकाराम भट्टराई भन्छन्, बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाब ‘हुल अफ ल’ हो !

    काठमाडौं - वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाबमा विधायिका पर्न नहुने बताएका छन् ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता भट्टराईले भने, “एक युवतीले घटना ८ वर्षअघिको जघन्य घटना बाहिर ल्याएकी छन् । महिला अस्मितामाथि भएको शोषण अक्षम्य अपराध हो । तर, बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाबले अप्ठ्यारो स्थिति सिर्जना हुन सक्छ । संसारमा जुनसुकै अपराधमा हदम्याद राखिएको हुन्छ । हदम्याद नराख्ने हो भने अनुसन्धान गर्ने निकायले प्रमाण जुटाउन सक्दैन, अदालतले न्याय दिलाउन सक्दैन । विधायिका भीडबाट होइन, सिद्धान्तबाट निर्देशित हुनुपर्छ । हामीले खोजेको रुल अफ ल हो, हुल अफ ल होइन ।”

    वरिष्ठ अधिवक्ता भट्टराईले बलात्कारमा हदम्याद बढाउनु गल्ती हुने औंल्याए । उनले थपे, “बलात्कारको हदम्याद ३५ दिनबाट १ वर्ष गरिएको हो । यो । अहिले ८ वर्ष पुरानो घटना सार्वजनिक भयो । एउटा मुद्दा हेरेर कानुन संशोधन हुँदैन । बलात्कार मुद्दामा हदम्याद राख्नैहुँदैन भन्ने कुरा पनि आएको छ । यो ढंगले न्याय व्यवस्था कायम गर्न सकिँदैन । हदम्याद विश्वव्यापीरुपमा छ । न्यायाधीशले पत्रिका पढेर, झ्यालबाट जुलुस हेरेर फैसला गर्ने होइन । अहिले भएका प्रदर्शन उचित होइनन् । भीड र मिडिया ट्रायलबाट कानुन निर्देशित हुँदैन । यसबाट अन्ततः पीडकले नै फाइदा लिन्छन् । यसमा मानवबेचविखन कानुन आकर्षित हुन सक्छ र मुद्दा दर्ता गर्न सकिन्छ । त्यसैले हरेक नागरिक अधिकार खोजीमा चनाखो हुनुपर्छ ।”

    “एमालेको पुनरोदय हुन्छ”

    फरक प्रसंगमा उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले आफ्नो मत कायमै राखेको बताए । उनले भने, “एमालेको पोजिसनबारे पूर्वानुमान नै थियो । पहिले नेकपा, पछि एमाले विभाजन, अझ सत्तारुढ गठबन्धन भयो । त्यसकारण एमालेले कम मत ल्याएको भन्ने अवस्था छैन । २०४८ देखि अहिलेसम्म एमालेको मत मत २८ देखि ३७ प्रतिशतको बीचमा छ । यत्रो विभाजन र गठबन्धनको बाबजुद मत परिणाम सुखद र उत्साहजनक छ । पार्टी विभाजन नभएको भए दुई तिहाइ नै ल्याउने रहेछ । अहिले सिट घटाएको छ । तर यसले एमालेको पुनरोदय हुन्छ भन्ने देखाएको छ । जनमतले वाम एकतातिर निर्देश गरेको छ । पहिल् हतारमा एकता भयो, अब चुनावी सहकार्य बढ्न सक्छ । कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक, एमालेको नेतृत्वमा वाम गठबन्धन र राप्रपाको पुरातनवादी हुनु प्राकृतिक हुन्छ । अवसरवादका आधारमा राजनीति गरिनु हुँदैन ।”

    काठमाडौं लगायतका स्थानमा एजेन्डाका आधारमा उम्मेदवार रोजिएको उनको टिप्पणी छ । उनले भने, “काठमाडौं लगायतका स्थानका जनता दलहरुसँग रुष्ट भएको भन्दा पनि उम्मेदवार नरुचाएको स्थिति हो । दलको वकल्प खोजिएको होइन । काठमाडौं बासीले बालेन शाहका एजेन्डा मन पराएका हुन् । उहाँको एजेन्डा स्पष्ट छ । बालेनको मतको उचित सम्मान गर्नुपर्छ ।”


    शनिवार, जेठ ७ २०७९०२:०३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij