Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित, यस्तो छ मत परिणाम !

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित, यस्तो छ मत परिणाम !

  • शनिवार, जेठ ७ २०७९

  • 693
    SHARES

  • धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित, यस्तो छ मत परिणाम !

    काठमाडौं - सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ९ सय ७० मतको अग्रता लिएका छन् ।

    हमालले २५०२१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १३०५१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

    यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।


    शनिवार, जेठ ७ २०७९०९:०९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij