Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

६९७ तहको अन्तिम नतिजा : कसले कतिमा जिते ?

६९७ तहको अन्तिम नतिजा : कसले कतिमा जिते ?

  • आइतवार, जेठ ८ २०७९

  • 1.1K
    SHARES

  • ६९७ तहको अन्तिम नतिजा :  कसले कतिमा जिते ?

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत गणना अन्तिम चरणमा पुगेको छ ।

    देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ९७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ३ सय ८ स्थानीय तहमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्र स्थानमा रहेको छ ।

    यस्तै नेकपा एमाले १ सय ९० पालिकामा विजयी हुँदा १५ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १९ स्थानमा जित हाँसिल गरेको छ भने २ स्थानमा अगाडी रहेको छ ।

    अन्य तर्फ २७ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ५ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले २५ स्थानमा जित निकालेको छ भने ६ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १० स्थानमा विजयी हुँदा ५ स्थानमा अगाडि छ । अब ५६ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।


    आइतवार, जेठ ८ २०७९०५:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij