Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसलाई पछार्दै धनगढीको मेयरमा हमाल विजयी

कांग्रेसलाई पछार्दै धनगढीको मेयरमा हमाल विजयी

  • आइतवार, जेठ ८ २०७९

  • 714
    SHARES

  • कांग्रेसलाई पछार्दै धनगढीको मेयरमा हमाल विजयी

    कैलाली । सुदूरपश्चिको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार निर्वाचित भएकी छन् ।

    आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका हुन् । वड निवर्तमान मेयर पनि हुन् ।

    उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।


    आइतवार, जेठ ८ २०७९०७:४२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij