Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढीको मेयरमा पराजित वडले दिए अंकमाल गरेर विजयी हमाललाई बधाई

धनगढीको मेयरमा पराजित वडले दिए अंकमाल गरेर विजयी हमाललाई बधाई

  • आइतवार, जेठ ८ २०७९

  • 583
    SHARES

  • धनगढीको मेयरमा पराजित वडले दिए अंकमाल गरेर विजयी हमाललाई बधाई

    कैलाली । धनगढी उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित भएका कांग्रेस नेता नृपबहादुर वडले अंकमाल गरेर बधाई दिएका छन् । आइतबार बिहान सार्वजनिक भएको अन्तिम परिणाम अनुसार हमाल २६ हजार ८६५ मतका साथ मेयरमा विजयी भएका छन् ।

    १४ हजार ८१७ मत पाएर पराजित भएका नेता वडले हमाललाई अंकमाल गरेर बधाई दिँदै हार्दिकता देखाएका हुन् । अघिल्लो पटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्दा समेत पराजित हुन पुगे । धनगढी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यहाँका बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ । तर, मेयरमा भने गठबन्धन हुँदा पनि पराजित हुनु परेपछि कांग्रेस निराश छन् ।

    उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।

     


    आइतवार, जेठ ८ २०७९११:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij