Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

  • आइतवार, जेठ ८ २०७९

  • 779
    SHARES

  • सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

    काठमाडौं - सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

    सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताए ।

    डिएसपी बुढाथोकीका अनुसार मृतक बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

    सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।

    विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु–छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बुवा एक्लै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।

    सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।

    घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपी बुढाथोकीले बताए ।


    आइतवार, जेठ ८ २०७९०२:४९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij