Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

७ सय १३ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

७ सय १३ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

  • आइतवार, जेठ ८ २०७९

  • 794
    SHARES

  • ७ सय १३ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

    काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुुगेको छ । हालसम्म ७ सय १३ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अब देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४० स्थानको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।

    जसमध्ये नेपाली कांग्रेसले ३ सय १३ तह जित हासिल गरेको छ भने १२ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ९३ पालिकामा विजयी हुँदा १३ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २८ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ३ स्थानीय तहमा अगाडि छन् । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १३ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ ।

     


    आइतवार, जेठ ८ २०७९०३:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij