काठमाडौं - स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७१५ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।
यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।
जसमध्ये नेपाली कांग्रेसले ३ सय १४ तह जित हासिल गरेको छ भने ११ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ९३ पालिकामा विजयी हुँदा १३ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २८ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ३ स्थानीय तहमा अगाडि छन् । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४ स्थानमा विजयी हुँदा ३ स्थानमा अगाडि छ ।
निर्वाचन आयोगका अनुसार अझै ३८ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।