Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

७२७ तहको अन्तिम नतिजा : कांग्रेस ३२० मा विजयी, एमाले कतिमा ?

७२७ तहको अन्तिम नतिजा : कांग्रेस ३२० मा विजयी, एमाले कतिमा ?

  • सोमवार, जेठ ९ २०७९

  • 1.0K
    SHARES

  • ७२७ तहको अन्तिम नतिजा : कांग्रेस ३२० मा विजयी, एमाले कतिमा ?

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय २७ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

    यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।

    जसमध्ये नेपाली कांग्रेसले ३ सय २० तह जित हासिल गरेको छ भने ६ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ९८ पालिकामा विजयी हुँदा ८ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने २ स्थानीय तहमा अगाडि छन् । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४ स्थानमा विजयी हुँदा २ स्थानमा अगाडि छ । निर्वाचन आयोगका अनुसार अझै २६ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।

     


    सोमवार, जेठ ९ २०७९०८:४९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij