Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रेनु जितको नजिक

रेनु जितको नजिक

  • सोमवार, जेठ ९ २०७९

  • 727
    SHARES

  • रेनु जितको नजिक

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रम जारी छ र हालसम्म प्राप्त मतपरिणामलाई हेर्दा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेनु दाहाल करिब करिब जितको नजिक पुगिसकेकी छन ।

    अहिले करिब ६५ प्रतिशत भन्दा बढी मतगणना भइसकेको छ र दाहाल आफ्नो मूख्य प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी भन्दा १० हजार भन्दा बढी मतले अगाडि छन् ।

    हालसम्मको मतपरिणाम अनुसार दाहलको ४४ हजार ४ सय ५५ मत आएको छ भने सुवेदीको ३४ हजार २ सय ९६ मत छ ।

    यस्तै, स्वतन्त्र उम्मेदवार अर्थात् नेपाली कांग्रेसका मेयर पदका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।

     


    सोमवार, जेठ ९ २०७९१२:२३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij