काठमाडौँ – नेपालमा पछिल्लो चौबिस द्दण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १६८ जना संक्रमित फेला परेका छन्।
जसमध्ये काठमाडौँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन्।