Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी

  • सोमवार, जेठ ९ २०७९

  • 819
    SHARES

  • भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी

    काठमाडौं । भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् ।

    भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिँदा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् ।

    उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएकी हुन् ।

    यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।


    सोमवार, जेठ ९ २०७९०६:०१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij