Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा अधिकारी विजयी

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा अधिकारी विजयी

  • सोमवार, जेठ ९ २०७९

  • 1.1K
    SHARES

  • मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा अधिकारी विजयी

    काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११ हजार १७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

    भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७ हजार ९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ९२२ पाएकी छन् । अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।


    सोमवार, जेठ ९ २०७९०८:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij