काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सुधारको आँट नगरेको टिप्पणी गरेका छन् ।
संसद् भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम परम्परावादी नै भए पनि केही सुधार गर्न खोजिएको बताएका हुन् ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ । महत्त्वपूर्ण सुधारको सङ्केत गरिएका छन् । तर यति सामान्य सुधारले मात्र पुग्दैन’ उनले भने ।
सरकारले संरचनात्मक सुधार गर्ने आँट नगरेको भट्टराईले बताए । ‘चुनावी वर्ष भएकाले सरकारमा हुनेहरूले नयाँ कुरा गर्ने आँट गर्दैनन्, पपुलिस्ट कार्यक्रम ल्याउनुपर्ने बाध्यता पनि छ’ उनले भने ।
भट्टराईले नीति तथा कार्यक्रमललाई परम्परावादी सुधारात्मक भनेका छन् ।