Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

  • बुधवार, जेठ ११ २०७९

  • 514
    SHARES

  • इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

    एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिएका छन् ।
    ताजा निर्वाचनको माग गर्दै हजारौँ मानिसहरूको नेतृत्व गरेर पूर्वक्रिकेटरसमेत रहेका खानले बुधबार उत्तरपश्चिमी सहर पेसावरमा रहेको आफ्नो पकड क्षेत्रबाट राजधानीतर्फ बढ्ने योजनामा छन् ।

    प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले खानका समर्थकहरूलाई सहरमा प्रवेश गर्नबाट रोक्ने जनाएको छ । सरकारले र्‍यालीलाई ‘देशलाई विभाजन गर्ने र अराजकता बढाउने प्रयास’ भनेको छ ।

    ‘कसैलाई पनि राजधानी घेरा हाल्न र आफ्नो शर्तहरू लाद्न दिनु हुँदैन’, गृहमन्त्री राना सनाउल्लाहले भने । प्रहरीले राजधानी जाने मुख्य राजमार्गहरूमा प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले रोक लगाएको छ । 

     


    बुधवार, जेठ ११ २०७९०२:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij