Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दैलेख बस दुर्घटना :  मृतकको संख्या ४ पुग्यो, ३९ घाइते 

दैलेख बस दुर्घटना :  मृतकको संख्या ४ पुग्यो, ३९ घाइते 

  • बिहिवार, जेठ १२ २०७९

  • 492
    SHARES

  • दैलेख बस दुर्घटना :  मृतकको संख्या ४ पुग्यो, ३९ घाइते 

    सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो । 

    दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए । 

    दुर्घटनामा परेर ३९ जना घाइते भएका प्रहरीले जनाएको छ । रातिको समयमा बस दुर्घटना भएकाले अझै पुरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए । 


    बिहिवार, जेठ १२ २०७९०७:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij