Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल टी–ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान

नेपाल टी–ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान

  • शुक्रवार, जेठ १३ २०७९

  • 636
    SHARES

  • नेपाल टी–ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ ।

    क्यानले शुक्रबार(आज) एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।

    क्यानले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको छ ।

    क्यानको मंगलबार बसेको बोर्ड बैठकले उक्त ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसका लागि क्यानले टिम मालिकका लागि टेन्डर आह्वान गरेको हो ।

    प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ । जसका लागि टिम मालिकहरूका लागि क्यानले टेन्डर आह्वान गरेको हो ।


    शुक्रवार, जेठ १३ २०७९११:१३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij