काठमाडौं । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले हिजोका दिनमा सूर्य चिन्हमा मत दिनेहरुले यसपटक आफूलाई मत दिएको दाबी गर्नुभएको छ ।
उहाँले पोखरा महानगरवासीले व्यक्तिभन्दा पनि एजेण्डाले गर्दा हिजो सूर्यमा मत दिनेहरुले आज आफूलाई मत दिएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर आचार्यले भन्नुभयो,“ समाजमा बस्ने सबै मानिस पार्टीकै कार्यकर्ता हुँदैनन्, व्यक्तिभन्दा एजेण्डा हेर्ने व्यक्तिहरु प्नि छन्, उहाँले मलाई आफ्नो मत दिनुभएको हो, अघिल्लो पटक सूर्य चिन्हमा भोट हालेकाहरुले यसपटक मलाई भोट गर्नुभएको छ ।”
मेयर आचार्यले सबैसँग सहकार्य गरेर पाखेरा महानगरलाई देशकै उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बहस सुन्न यहाँ क्लिक गर्नुहोस् :