काठमाडौँ – नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात जना कोरोना संक्रमितको पछिल्लो चौबिस घण्टामा मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो।
मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष र तथा तनहुँकी एक महिला रहेकी छिन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २ सय ५ जना संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ। डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।