Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

अपडेट : पाइलट घिमिरेको मोबाइल ट्र्याक गर्दै खोजिँदैछ हराइरहेको तारा एयरको जहाज

अपडेट : पाइलट घिमिरेको मोबाइल ट्र्याक गर्दै खोजिँदैछ हराइरहेको तारा एयरको जहाज

  • आइतवार, जेठ १५ २०७९

  • 648
    SHARES

  • अपडेट : पाइलट घिमिरेको मोबाइल ट्र्याक गर्दै खोजिँदैछ हराइरहेको तारा एयरको जहाज
    काठमाडौं । पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको छ।
     
    मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन जहाज खोजीका लागि हेलिकप्टर परिचालन गरिएको बताए।
     
    ‘फिस्टेलको हेलिकप्टरबाट खोजी जारी राखेका छौं। पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदैछ। अहिले मौसम केही सफा भएको छ,’ शर्माले भने, ‘पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले उक्त मोबाइल ट्र्याक गरेर त्यो लोकेसनमा खोजी गर्दैछौं।’
     
    प्रजिअ शर्माका अनुसार धौलागिरि हिमाल रेन्ज आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।
     
    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ।
     
    तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
     
    जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।


    आइतवार, जेठ १५ २०७९०२:२५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij