Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लेते क्षेत्रमा भेटिएन जहाज, मानापाथी हिमालतर्फ जाँदै खोजी टोली

लेते क्षेत्रमा भेटिएन जहाज, मानापाथी हिमालतर्फ जाँदै खोजी टोली

  • आइतवार, जेठ १५ २०७९

  • 623
    SHARES

  • लेते क्षेत्रमा भेटिएन जहाज, मानापाथी हिमालतर्फ जाँदै खोजी टोली
    काठमाडौं । जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन बनेपछि खोजीका लागि गएको टोली मानापाथी हिमालतर्फ जाने भएको छ । थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फ हिँड्न लागेको हो ।
     
    धौलागिरि र मानापाथी हिमालको फेदतिर जहाज खसेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि लेते क्षेत्रबाट सम्पर्कविहीन भएको हुनसक्ने आशङ्काले त्यहाँ प्रहरी, सेना, सशस्त्रको टोलीले खोजी गरेको थियो । तर, त्यस क्षेत्रमा पनि जहाजको कुनै अवशेष नपाइएपछि टोली धौलागिरि र मानापाथी हिमालतर्फ जान लागेको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमाल हिराचनले बताउनुभयो । 
     
    उनले भने, ‘अब शङ्कास्पद क्षेत्र भनेको धौलागिरि हिमाल र मानापाथी हिमालको तलतिर हुन सक्छ । मौसममा सुधार आयो भने हेलिकोप्टरबाट खोज्न जाँदा केही भेटिन्छ भन्ने लागेको छ ।’
     
    जहाज खोज्न गएको नेपालीको सेनाको हेलिकप्टर भने मौसम खराबीको कारण कोवाङ भन्ने ठाउँमा अवतरण गरिएको छ । बादल लागेको कारणले हेलिकोप्टर उड्न सकेको छैन । जहाज खोजीका लागि मुस्ताङको विभिन्न ठाउँमा टोली खटाइए पनि कुनै सूचना नआएको उहाँले बताउनुभएको छ । 
     


    आइतवार, जेठ १५ २०७९०४:०३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij