Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

  • आइतवार, जेठ १५ २०७९

  • 768
    SHARES

  • सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि
    काडमाडौं । आइतबार बिहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
     
    स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयो । 
     
    उहाँले भन्नुभयो, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उहाँका अनुसार नेपाली सेनाको हवाई फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घण्टाको दूरीमा पर्छ ।
     
    पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट बिहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।


    आइतवार, जेठ १५ २०७९०४:१३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij