Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विद्युत महसुलमा २ प्रतिशत छुट दिइने

विद्युत महसुलमा २ प्रतिशत छुट दिइने

  • आइतवार, जेठ १५ २०७९

  • 751
    SHARES

  • विद्युत महसुलमा २ प्रतिशत छुट दिइने

    काठमाडौं । आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ ।

    यस्तै, उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने छ ।

    नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

    यसैगरी, उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रवद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ ।

    मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशतसम्म छुट दिइने व्यवस्था बजेटले गरेको छ ।

     


    आइतवार, जेठ १५ २०७९०४:४७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij