Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

हार्दिकको उत्कृष्ट प्रदर्शनले डेब्युमै गुजरातलाई आइपिएलको उपाधि

हार्दिकको उत्कृष्ट प्रदर्शनले डेब्युमै गुजरातलाई आइपिएलको उपाधि

  • सोमवार, जेठ १६ २०७९

  • 555
    SHARES

  • हार्दिकको उत्कृष्ट प्रदर्शनले डेब्युमै गुजरातलाई आइपिएलको उपाधि

    काठमाडौं । कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ ।नवप्रवेशी टोली  गुजरातले आइतबार फाइनलमा  राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

    गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै सिजनबाट आईपीएल खेल्न थालेकोहो । 

    अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

    गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए ।

    डेभिड मिलर ३२ रनमा अविजित रहे । म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए ।

    राजस्थानका ट्रेन्ट बोल्ड,प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।

    राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे । याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे । कप्तान सन्जु सामसन १४ रनमा आउट भए ।

    गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट लिए ।

    यस जितसँगै गुजरातले राजस्थानलाई लगातार तेस्रो खेल हराउँन सफल भएको छ ।

    पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएर फाइनल पुगेको हो । तर, दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले पुन: गुजरातसँग भेट पक्का गरेको हो ।


    सोमवार, जेठ १६ २०७९१२:१३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij