Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सम्पर्कविहीन जहाजको खोजी कार्य पुन: सुरु गरिने

सम्पर्कविहीन जहाजको खोजी कार्य पुन: सुरु गरिने

  • सोमवार, जेठ १६ २०७९

  • 457
    SHARES

  • सम्पर्कविहीन जहाजको खोजी कार्य पुन: सुरु गरिने

    काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्य फेरि सुरु गर्ने तयारी भइरहेको छ ।

    अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको बताउँदै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो,“आज फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुने छ ।”

    आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०:११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।


    सोमवार, जेठ १६ २०७९०६:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij