काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको लक्ष्य आउँदो चुनावमा भोट तान्ने मात्र रहेको बताउनुभएको छ ।पाण्डेले चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का नराखेको उल्लेख गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डे भन्नुभयो,“ चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का यो बजेटले राखेको छैन । भोट मात्र कसरी तान्ने भन्ने मनसाय मात्र राखेको छ।”
उहाँले किसानलाई पेन्सन दिने कुरा पपुलिस्ट ढंगले आएको पनि बताउनुभयो । पूर्वअर्थमन्त्री पाण्डेले निजामती कर्मचारी लगायतकै पेन्सनमा समस्या परिरहेकोबेला झन्डै ३७ लाख परिवारलाई पेन्सन दिने कुरा कति कार्यान्वयन गर्ने सकिने खालको हो भन्दै प्रश्न गर्नुभयो।
उहाँले बजेट र नीत कार्यक्रमबीच सन्तुलन नभएको आरोप लगाउनुभएको छ ।