काठमाडौं । सदनमा प्रस्तुत बजेटको प्रतिपक्षी नेकपा एमालेले भण्डाफोर गर्ने भएको छ ।
सोमबार बसेको संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको थियो ।
बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडाले बजेटबारे सांसदलाई प्रशिक्षण दिनुभएको थियो ।