Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वित्तीय प्रणाली अर्थतन्त्र ध्वस्त पार्ने खालको छ : हृदयेश त्रिपाठी

वित्तीय प्रणाली अर्थतन्त्र ध्वस्त पार्ने खालको छ : हृदयेश त्रिपाठी

  • बुधवार, जेठ १८ २०७९

  • 653
    SHARES

  • वित्तीय प्रणाली अर्थतन्त्र ध्वस्त पार्ने खालको छ : हृदयेश त्रिपाठी

    काठमाडौं । सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको रहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यो दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सृजना गराइसकेको छ ।

    यसकारण रेकर्ड गराउन चाहन्छु कि एक वर्षपछि यहाँका अर्थशास्त्री र सरकारी संयन्त्र सुधार्ने लाग्नुपर्छ ।’ राजश्व सङ्कलनको स्रोत सुनिश्चित नभएको भन्दै उहाँले देशको कर प्रणाली आयातमुखी रहेको र यसलाई घट्दा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताउनुभएको छ ।


    बुधवार, जेठ १८ २०७९०३:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij