काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको बताएका छन् ।
जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको बताए ।
विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको उनले बताए । उनले भने, ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’