Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा अन्तर्घात गर्ने ३ जनालाई एमालेको कारबाही

निर्वाचनमा अन्तर्घात गर्ने ३ जनालाई एमालेको कारबाही

  • बुधवार, जेठ १८ २०७९

  • 692
    SHARES

  • निर्वाचनमा अन्तर्घात गर्ने ३ जनालाई एमालेको कारबाही

    पोखरा । नेकपा एमालेले स्थानिय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै ३ जना कार्यकर्तालाई कारबाही गरेको छ ।

    एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।

    कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो।

    उहाँले आफूलाई राजीव पहारीको स्वकीय सचिवसमेत बताउने गरेकोमा पहारीले भने उहाँ स्वकीय सचिव नरहेको बताएका छन् । मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ । त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

    एमालेले पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ । पोखरा महानरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ ।


    बुधवार, जेठ १८ २०७९०४:३२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij