काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले अहंकार बढाएमा एमालेलाई झैँ ठेगान लगाउने बताएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जवाफ फर्काउनुभएको छ ।
वरिष्ठ नेता पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताउनुभएको छ ।
प्रचण्डलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै नेता पौडेलले इतिहासमा धेरैपटक कांग्रेसले हारेर पनि देश र जनता बचाउने काम गरेको बताउनुभएको हो ।
ट्वीटरमा प्रचण्डलाई मेन्सन गर्दै पौडेलले भन्नुभएको छ, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौँ तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौँ !’