Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युरोप विश्वकप छनोट : स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा

युरोप विश्वकप छनोट : स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा

  • बिहिवार, जेठ १९ २०७९

  • 496
    SHARES

  • युरोप विश्वकप छनोट :  स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा

    काठमाडौं । युरोप विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डलाई पराजित गर्दै युक्रेन प्लेअफको फाइनलमा पुगेको छ।​

    बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुकअर्टेम डोभबीकले एक-एक गोल गरेका थिए।

    खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

    तर, खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३-१ को सहज जित दिलाए । दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । तर, रुस र युक्रेनबीचको युद्दको कारण ढिला भएको हो ।

    अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । दुबैबीचको खेल जुन ५ मा हुने छ।विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् ।

    युरोपबाट यसअघि १२ देश जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड छनोट भैसकेका छन्।


    बिहिवार, जेठ १९ २०७९०७:४२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij